कृष्णभक्त ‘प्रवासी स्टार’
![कृष्णभक्त ‘प्रवासी स्टार’](https://annapurnapost.prixacdn.net/media/albums/awad_GrUHLh9vaO.jpeg)
हङकङ: गायक तथा संगीतकार कृष्णभक्त महर्जनलाई प्रवासी कलाकारविधा अन्तर्गत सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरिएको छ। हङकङलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका महर्जनसँगै गायकद्वय महेश शिल्पकार र राजेन्द्र डंगोललाई पनि प्रवासी कलाकार अन्तर्गत उत्कृष्ट गायकको अवार्ड प्रदान गरिएको छ।
आफ्नै स्वर, संगीत र रचनामा आधारित गीत 'गुलिजक बाँला'बाट महर्जनलाई स्टार अवार्ड प्रदान गरिएको हो। गायकद्वय शिल्पकार र डंगोललाई छंगु नुग जित ब्यु र वा मनु सु मनुगीतबाट अवार्ड प्रदान गरिएको हो।
नेपाल भाषाको सबैभन्दा ठुलो प्रतियोगिता मानिदै आएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण अन्तर्गत यो सम्मान गरिएको हो।
गीतसंगीत रचनादेखि म्युजिक भिडियोसम्मका ३२ विधामा अवार्ड वितरण गरिएको थियो।
काठमाडौं प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा नगद २५ हजार रुपैयाँसहित कलाकार मदनकृष्ण श्रेष्ठलाई लाईफटाईम अचिभमेन्ट अवार्डले सम्मान गरिएको छ।
कलाकार रत्न बेहोसी, नगीना जोशी, सुशील राजोपाध्याय, पवित्र कसां, गोविन्द ह्युमत, जुगल डंगोल, रामकृष्ण खड्गी, श्याम स्मृत, पवन जोशी, निशा देसारलगायतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)