काउलेपानी होमस्टेमा ‘लालिगुराँस प्याकेज’

काउलेपानी होमस्टेमा ‘लालिगुराँस प्याकेज’
काउलेपानी होमस्टेको लालिगुराँस प्याकेजमा घुम्न आएका पर्यटक।
सुन्नुहोस्

बेंसीसहर: लमजुङको काउँलेपानी होमस्टेमा ‘लालीगुराँस प्याकेज’ सुरु भएको छ। १२ महिने प्याकेजअन्तर्गत फागुनदेखि सुरु भएको लालीगुराँस प्याकेजमा पर्यटकको आगमन बढेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ। 

काउलेपानी होमस्टे व्यवस्थापन समितिले फागुन र चैत महिनालाई लालीगुराँस प्याकेज बनाएर प्रचारप्रसार गर्दा दैनिक पर्यटक आगमन बढेको समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए। वनमा रातै भएर फुलेको लालीगुराँसमा पर्यटकहरूको आकर्षण भएकोले सोही प्याकेजलाई होमस्टेले राखेको गुरुङले बताए।

‘अहिले वनैभरि लालीगुराँस फुलेको छ’ गुरुङले भने, ‘लालीगुराँस प्याकेजमा सधैँजसो होमस्टे भरिभराउ हुन्छ, अहिले पनि कुनै दिन पर्यटक खाली छैनन्।’ 

गाउँसहरको काउलेपानीदेखि उपल्लो क्षेत्र पुरानकोटसम्मै वनमा लालीगुराँस फूल फुलेको छ । यो समयमा हिमाली दृश्यवलोकन पनि उत्कृष्ट देखिन्छ । गाउँमा आएका पर्यटकलाई गाउँमाथिको जंगलमा फुलिरहेको लालीगुराँसको मनमोहक दृश्य देखाउने गरिएको अध्यक्ष गुरुङले बताए । पर्यटकलाई लालीगुराँस टिप्न भने रोक लगाइएको उनले बताए ।

काउलेपानी होमस्टे व्यवस्थापन समितिले पर्यटकहरूलाई आकर्षण गर्न र उनीहरूको बसाई लम्ब्याउन बाह्रै महिना प्याकेजको व्यबस्था गरेको छ। अध्यक्ष गुरुङका अनुसार अब चैत बैशाखमा ऐसेँलु काफल प्याकेज सुरु हुन्छ।

null

१२ महिने प्याकेजमा पर्यटकहरूले भरपुर मनोरञ्जन लिने गरेको काउलेपानी होमस्टे व्यवस्थापन समितिका सचिव कवीन्द्र गुरुङले बताए । समितिका अनुसार वैशाखमा ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज छन् । यसैगरी भदौ महिनामा जात्रा प्याकेज, असोजमा चाडपर्व प्याकेज, कात्तिक महिनामा कटुस प्याकेज, मसिरमा दाइँ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ।

काउलेपानीमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकनै बढी आउने गर्छन्। काउलेपानीको होमस्टेलाई ३५ औं विश्व पर्यटन दिवसको अवसर पारेर नेपालभरिबाटै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरिएको थियो। 

२५ घरधुरी रहेको काउलेपानीमा  १५ घरमा होमस्टे सञ्चालन छ । जसमा ८४ वेड छ। सदरमुकाम बेसीशहरबाट मोटरमा करिव ७ किलोमीटर बाटो पार गर्दै पुगिने गाउँसहरको काउलेपानी गाउँ समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाइमा छ । 

काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी देवी मन्दिर लगायत ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेल लगायतका जातजातिको बसोबास छ। काउलेपानीको होमस्टेसंगै स्थानीयवासिन्दाको कला, संस्कार र संस्कृतिले काउलेपानी पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.