चितुवाको आक्रमणबाट ३ जना घाईते

चितुवाको आक्रमणबाट ३ जना घाईते
बर्दिया अस्पतालमा उपचार गरिँदै चितुवा आक्रमणका घाईते।
सुन्नुहोस्

गुलरिया: वन्यजन्तु चितुवाको आक्रमणमा परी उद्धारकर्मीसहित ३ जना घाईते भएका छन्। बर्दियाको मधुवन नगरपालिका वडा नम्वर २ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फूलराम थारुलाई चितुवाले एक्कासी झम्टेपछि उद्धार गर्न पुगेका डिभिजनल वन कार्यालय बर्दियाका कर्मचारी ४० वर्षीय धर्मराज चौधरी समेत घाईते भएका छन्।

जंगल किनार बस्ती नजिकको झाडीमा चित्तल शिकार गरी खाईरहेको चितुवाले बाख्रा चराईरहेका फूलरामलाई देखेपछि एक्कासी पछाडीबाट टाउकोमा आक्रमण गरेको डिभिजनल वन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले बताए। 

गाउँलेसहितको टोली लिएर उद्धारका लागि पुगेका वन कर्मचारीलाई  चितुवाले हातमा आक्रमण गरेको छ। सोही क्रममा १५ वर्षीय बालक विनय चौधरीको ढाडमा चितुवाले चिथोरेको अधिकृत शर्माले जानकारी दिए।

७० वर्षीय बृद्धको टाउकोमा ४ ओटा टाँका लगाईएको छ। तिनै जनाको अवस्था खतरामुक्त रहेको उनले सुनाए।  मधुवन क्षेत्रको बन्यजन्तु आक्रमण रोक्न फेन्सिङ बायर लगाउनु पर्ने शर्माले बताएका छन्।  वन कार्यालयले घाईतेहरुको निःशुल्क उपचार गर्ने बताए। राहत निर्देशिका अनुसारको सहयोग पीडितले पाउने उनले जानकारी दिएका छन्।  मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति स्थानीयले ब्यहोर्दै आएका छन्।

नगरपालिका भित्र भएको घटनालाई लिएर मधुवन नगरपालिकाले प्रेस विज्ञप्ति जारीगर्दै घाईतेहरुको उपचारको ब्यवस्था गर्न माग गरेको छ।  नगरप्रमुख तेजबहादुर भाटले वन्यजन्तुबाट जनधनको सुरक्षाको लागि तारबार, पर्खाल र नदीमा तटबन्धन गर्नुपर्ने माग गरेका छन्।  जंगल किनारका बस्तीहरुमा सडक र सडक बत्तीको लागि आवस्यक बजेट उपलब्ध गराईदिन अनुरोधगर्दै नगरप्रमुख भाटले सुरक्षाको उचित ब्यवस्थापन गर्दिन सरकारसँग माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.