भक्तपुरका तीन पोल्टी फर्ममा बर्डफ्लू भेटियो
भक्तपुर: भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ। चाँगुनारायण नगरपालिका-८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको छ।
चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्टी फर्म, आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएपछि पशु विभागका चिकित्सक डा.श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मा ,चागुनारारयण नगरपालिकाको पशुपक्षी सेवा विकास शाखाको कर्मचारी, वडाअध्यक्ष जनक खत्री र प्रहरी प्रभाग सुडालबाट खटिएको टोलीले कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरेको छ।