युरोपमा शरणका लागि दश लाखको आवेदन

युरोपमा शरणका लागि दश लाखको आवेदन
सुन्नुहोस्

ब्रसेल्स : कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षितरूपमा बढेको छ। यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली संघमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन्। यो विगत सात वर्ष यताकै उच्च हो।

 
शरणार्थीसम्बन्धी युरोपेली संघको कार्यालयले सन् २०१६ पछि शरणका निम्ति आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको छ। उक्त कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार गत वर्षको अन्त्यमा कोभिड-१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्याण्डबाहेक संघमा आवद्ध देशमा दश लाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन्। 

शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन गरेका छन्। टर्की, भेनेज्वेला, कोलम्बिया, पाकिस्तान, बंगलादेश र जर्जियाका आप्रवासीको आवेदन पनि अधिक परेको छ। रुसी आक्रमणबाट भागेका युक्रेनीको सङ्ख्या तुलनात्मक रुपमा कम छ। युरोपेली संघले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले  शरणका निम्ति निवेदन गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.