ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का महसुस
ताजकिस्तान : अमेरिकी भूगर्भ सर्वेक्षणले बिहीबार बिहान करिब ६ बजे ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको जनाएको छ । अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारी अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिममा रहेको थियो।
समाचार एजेन्सी एफपीका अनुसार स्थानीय समय अनुसार बिहान ५:३७ मा भूकम्प गएको थियो र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर तल थियो ।
मानिसहरुको हताहतीको बारेमा अहिलेसम्म जानकारी आएको छैन । युएसजीएसले भूकम्पको केन्द्रबिन्दु गोर्नो–बदख्सानको पहाड वरपर रहेको र त्यहाँ जनसंख्या निकै कम रहेको जनाएको छ । बीबीसी