वेस्ट बैंकमा इजरायली सेनाको आक्रमण : ११ जनाको मृत्यु, दर्जनौं घाइते

वेस्ट बैंकमा इजरायली सेनाको आक्रमण : ११ जनाको मृत्यु, दर्जनौं घाइते
सुन्नुहोस्

इजरायल : वेस्ट बैंकमा इजरायली सुरक्षा बलले गरेको आक्रमणमा ११ प्यालेस्टाइनीको भएको छ। साथै सो आक्रमणमा परी ८० जना घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

बुधबार बिहान इजरायली सुरक्षा बल पुरानो सहर नाब्लसमा प्रवेश गर्दा त्यहाँबाट विस्फोट र बन्दुकको आवाज सुनिएको थियो। इजरायलको सेनाले एउटा घरमा पसी त्यहाँ लुकेर बसेका तीनजना अतिवादीलाई मारेको बताएको छ ।

साथै सोही समयमा, बाहिर मारिएकाहरू मध्ये धेरै सामान्य व्यक्ति रहेका छन्। त्यसमा दुई जना वृद्धहरू भएको जनाइएको छ।

 
प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ७२ वर्षीय अदनान साबे बारा तीमध्ये एक हुन्। तीव्र गतिमा फैलिरहेको भिडियोमा उनको शव रोटीको प्याकेट नजिकै देखिएको छ ।

मन्त्रालयले ६१ वर्षीय अब्दुल हादी अस्कर र १६ वर्षीय मोहम्मद शाबानको पनि मृत्यु भएको जानकारी दिएको छ।

अर्का एक वृद्ध अमन शौकत अनबको बुधबार बिहान अश्रुग्यासबाट निसासिएर अस्पतालमा मृत्यु भएको थियो।

चरमपन्थी संगठन लायन्स डेनले टेलिग्राम पोस्टमा आफ्ना र अन्य संगठनका छ जना सदस्य मारिएको बताएको छ।

यस हमलामा ज्यान गुमाउनेहरु बाहेक घाइतेहरुको संख्या धेरै छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेहरुको पाँच अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

इजरायली सेनाले गत महिना जेनिनमा पनि यस्तै आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.