डिउटीमा रहेका प्रहरी जवानले गरे कन्चटमा गोली हानी आत्महत्या

डिउटीमा रहेका प्रहरी जवानले गरे कन्चटमा गोली हानी आत्महत्या
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । बिहीबार बिहान २:५६ बजेतिर डिउटी सकिने बेला आफैँले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । 

दार्चुलाको अपी नगरपालिका- ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षका कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्महत्या गरेका छन् । बिक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए । डिउटी सकिने बेलामा बिकले आफैँले बोकेको एसएलआरबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

घटनाको थप अनुसन्धानको लागि  जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटाएको छ । सुर्खेत प्रहरी प्रमूख एसपी योगेन्द्रसिंह थापाले जवानले के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको बताए । उनले भने, 'घटनाको विषयमा गहिरो अनुसन्धान भइरहेको छ ।' 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.