राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी : देव गुरुङ

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी : देव गुरुङ
फाइल तस्बिर
सुन्नुहोस्

भक्तपुर : नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताएका छन्।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताउँदै राष्ट्रपतिको सवालमा दलहरू कोलिसनमा जान नहुने बताए।

उनले सरकार परिवर्तनका लागि गठबन्धनका स्वरूप परिवर्तन हुन सक्ने भए तापनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जाने बताए।

पछिल्लो समय सरकारमै बसेर गणतन्त्र समाप्त गर्ने योजनाहरू बाहिर देखिएको बताउँदै गुरुङले एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले झापामा देखाएको हर्कतले के संकेत गर्छ भन्दै प्रतिप्रश्न गरे।

रास्वपाका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको गुरुङको भनाइ छ।

पूर्व राजा ज्ञानेन्द्रले संविधानको उल्लंघन गर्दै बाहिर ल्याएको वक्तव्यतर्फ सरकारको ध्यान जान नसक्नु र सरकारमै बसेर निरन्तरता दिनेहरूको समूहले ढिला चाँडो गणतन्त्र उल्टाउने भन्दै समयमै यसतर्फ ध्यान दिनुपर्ने गुरुङले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.