राष्ट्रपतिबारे निर्णय लिन भोलि चार दलको निर्णायक वार्ता
काठमाडौं: राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिएसँगै राजनीतिक दल आन्तरिक छलफलमा जुटेका छन्। आज बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालको बैठक जारी छ।
बैठक राष्ट्रपति निर्वाचनकै विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।
राष्ट्रपतिको मनोनयन दर्ता भोलि फागुन १३ गते हुनेछ। मनोनय दर्ता अघि चार राजनीतिक दलले निर्णायक वार्ता गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए।
थापाका अनुसार चार दलको निर्णायक वार्ता भोलि बिहान साढे आठ बजे बस्नेछ।