‘जनताले सहज रुपले सिंहदरवार प्रवेश पाउँन्’

‘जनताले सहज रुपले सिंहदरवार प्रवेश पाउँन्’
सुन्नुहोस्

काठमाडौंः सांसद् प्रकाश ज्वालाले सिंहदरवारभित्र सेवाग्राही सहज तरिकाले प्रवेशको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

संसद्को शून्य समयमा बोल्दैं सांसद् ज्वालाले सिंहदरवारभित्र जनता सहज तरिकाले प्रवेश गर्ने व्यवस्था मिलाउन सभामुखमार्फत् सरकारलाई रुलिङको माग गरेका हुन्।

ज्वालाले भने, ‘सिंहदरवारको दक्षिण गेटमा लाइन देख्छु। मन्त्री सांसद् र कर्मचारी नचिनेको व्यक्ति सिंहदरवार छिर्न पाउँदैन। सिंहदरबार भित्र जनता सहज तरिकाले प्रवेश गर्ने व्यवस्था गरियोस्। सांसद् मन्त्री ओहोरदोहोर गर्छौ। सेवाग्राही सिंहदरवार बाहिर, मन्त्रालय भित्र।’ 

सरकारले लाइन मुक्त देश भनेपनि कार्यान्वयन नहुँदा जनता प्रताडित भएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.