कर्तव्य ज्यान मुद्दाका अभियुक्त १८ वर्षपछि पक्राउ
उदयपुर : जिल्ला अदालत उदयपुरको फैसलापछि फरार रहेका तीन जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-५ का ५२ वर्षीय मधु दमाई, कर्तव्य ज्यानकै दोषी करार सोही गाउँपालिका-१ डुम्रेका ५० वर्षीय तसबहादुर सुनुवार र चोरी मुद्दाका अभियुक्त कटारी नगरपालिका-३ का ३९ वर्षीय सन्तोष विश्वास रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारका अनुसार लुकिछिपी बसेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
दमाईलाई २०६१ फागुन ९ गते बसेको अदालतको इजालसले २ वर्ष ३ महिना ११ दिन कैद सजाय तोकेको थियो।
सुनुवारविरुद्ध अदालतले २०६५ माघ ५ गते १ वर्ष कैद सजायको फैसला सुनाएको थियो। अर्का अभियुक्त विश्वासलाई अदालतले २०७३ असार १६ गतेको ४५ हजार जरिवानाको फैसला सुनाएको थियो।