एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ: केपी ओली

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ: केपी ओली
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन्। 

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताए। ओलीले सत्ता गठबन्धनमा पुस १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरेका हुन्। 

अरु घटनाक्रमका विषयमा आफूलाई केही जानकारी नभएको पनि ओलीले बताए। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। उम्मेदवारको टुंगो लगाउन शनिबार बिहान ९ बजेलाई एमालेले सचिवालय बैठक डाकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.