किन ब्याक भए माधव नेपाल ?

किन ब्याक भए माधव नेपाल ?
फाइल तस्बिर।
सुन्नुहोस्

सत्ता गठबन्धनमा अध्यक्ष नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ जुटेको छ।

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्दा पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएनन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा नेपाललाई वचन दिएका थिए। तर, अन्तिम समयमा भने प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने प्रस्ताव गरे। जबकि, प्रचण्ड, नेपाल र उपेन्द्र यादवबीच नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने र त्यस विषयमा कांग्रेस र एमालेसँग कुराकानी गर्ने सहमति बनेको थियो।

तर, कांग्रेसले राष्ट्रपतिको अडान कायमै राखेपछि नेपाललाई एक वर्ष सरकारको नेतृत्व दिने, पावर सेयरिङमा भागबन्डा गर्ने भन्दै राष्ट्रपतिको दाबी छोड्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका थिए।

अर्कोतिर एमाले, रास्वपा र राप्रपाको भोटले मात्रै नजितिने अवस्था आएपछि नेपाल पनि ओलीको प्रस्तावमा सहमत हुन नसकेको उनी निकट नेताहरू बताउँछन्। २०६५ सालमा पनि नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलेको थियो। त्यसबेला पनि राष्ट्रपति बनाउने भनेर प्रचण्डले नै नेपाललाई वचन दिएका थिए। तर यसपटक भने सत्ता गठबन्धनमा अध्यक्ष नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ जुटेको छ। महत्त्वपूर्ण मन्त्रालयसहित एकीकृत समाजवादी सत्तामा जाने निर्णय भएको पनि नेताहरू बताउँछन्।

पार्टीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्रीमा आलोपालो, उपराष्ट्रपति र पावर सेयरिङमा चार दल बसेर टुंग्याउने सहमति भएको बताए। ‘चार दल बसेर प्रधानमन्त्रीमा आलोपालो, उपराष्ट्रपतिलगायतका पावर सेयरिङका विषय टुंग्याउने सहमति भएको छ, ज्वालाले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.