अमेरिकाद्वारा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा

अमेरिकाद्वारा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ। युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई  अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो। 

'संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,' राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले केवल न्युज नेटवर्क (सीएनएन) लाई बताए। यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण दिएन। 

यसै साताको प्रारम्भमा अप्रत्यासित रूपमा किभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलव्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बताएका थिए। सहायतामा गोला बारूद तथा युद्ध उपकरण समावेश हुने अपेक्षा गरिएको छ। अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता होइन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.