घरको जग खन्दा पुरिएर मजदुर घाइते
भक्तपुर : घरको जग खन्दा पुरिएर एकजना मजदुर घाइते भएका छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- १ लोकन्थली खरिबोट बासुकी कोलोनी नजिक काठमाडौं महानगरपालिका -३२ नरेफाँटमा नेपाल सरकारका पूर्वसचिव तुलसीप्रसाद गौतमको घरको जग खन्ने क्रममा मञ्जय विश्वकर्मा पुरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले उद्दार गरेको भक्तपुर प्रहरी परिसले जनाएको छ । घाइतेको उपचारका लागि नजिकैको नागरिक अस्पताल लगेको र उनको अवस्था गम्भीर रहेको परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।
विश्वकर्मा सुनसरी बराहक्षेत्र नगरपालिका ४ का स्थाीय बासिन्दा हुन्।