राजेश पायल राईको स्वरले गुञ्जियो धरान

राजेश पायल राईको स्वरले गुञ्जियो धरान
सुन्नुहोस्

धरान : चर्चित गायक राजेशपायल राईको सुमधुर स्वरले धरान गुन्जयमान बनेको छ। धरान रंगशालामा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्स्पोमा शनिबार राति उनको गीतमा हजारौं दर्शकहरू छमछमी नाचे। 

उनको प्रस्तुति सुन्न प्रदेश १ का सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा खोटाङ, भोजपुर, उदयपुर, लगायतका स्थानबाट आएका दर्शकहरूको घुइचो थियो। 

कार्यक्रम सञ्चालिका कोरियोग्राफर प्रिया रानी लामाले मञ्चमा राजेश पायललाई बोलाउने बित्तिकै हेल्लो दर्शन नमस्ते धरान भन्दै मञ्चमा देखा परेका उनलाई देख्ने बित्तिकै हजारौं दर्शकले ताली बजाएर स्वागत गरे। 

दर्शकको तालीमा मख्ख परेका राजेशले धरानका लागि आइपरे ज्यान पनि दिन तयार छु बोलको गीतबाट गाउन सुरु गरेर धरानवासीलाई कम्मर मर्काइ नाच्न बाध्य पारे। 

राजेशले माथि माथि लेकबाट...,बैगुनि रैछेउ...,मोहोनी  लाग्ला है..., तिन तारा तिन तिर..., नौ जाले मायाले..., शिरै फुल्यो शिर बन्दी..., विचार चोगे..., दर्शन नमस्ते..., बल्ल भेट भो आदङबे..., माथि माथि लेकबाट...,सागर सरी..., राई इज किङ लगायतका दर्जन बढी गीत प्रस्तुत गरेर दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। 

राजेशपायलको गीतमा नाच्न पाउदा धेरै रमाइलो भएको धरान १५ का कृष्ण राईले बताए। राजेशपायलले मञ्चमा गीत गाईरहदा आइ लभ यू राई इज किङ भन्दै युवायुवतीहरू नाचिरहेका थिए।  

राजेशपायलले गीत गाइरहँदा रंगाशालामा उपस्थित भएका दर्शकहरूलाई सम्हाल्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो। धेरै वर्षको अन्तरालमा धरानमा गीत गाउन पाउँदा अत्यन्तै हर्षित भएको उनले बताए। 

धरान एक्स्पोका कार्यक्रम संयोजक गोपाल श्रेष्ठले एक्सो अबलोकन गर्न आउने दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति राखिएको बताए। फागुन ११ देखि सुरु भएको धरान एक्सपो २० गतेसम्म सञ्चालन हुने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.