पदका लागि कसैको ढोका ढकढक्याउँदिनँ: खनाल

पदका लागि कसैको ढोका ढकढक्याउँदिनँ:  खनाल
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफू पद प्राप्तीका लागि कसैको ढोका नढकढक्याउने बताएका छन्। 

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालका राजनीतिक दल र मुख्य नेताहरू सत्ता स्वार्थमा लिप्त भएको भन्दै आफूले पद प्राप्तीका लागि कसैको ढोका नढकढक्याउने बताएका हुन्। 

अहिले मुख्य राजनीतिक दलहरूले सत्ता प्राप्तीलाई नै केन्द्रबिन्दु बनाएर हिँडेको बताउँदै नेता खनालले जसको असर जनजीविकाका सवालहरूमा परेको बताए। 

उनले भने, 'मुख्य राजनीतिक दलहरूमा सत्ता प्राप्तिका लागि र्‍याल चुहाउने र ढोका ढकढकाउदै हिँड्ने प्रवृत्ति छ। पटक पटक मेरो चर्चा गर्छन् तर मेरो कारणले चर्चा भएको छैन। म त्यो चर्चाका निम्ति मरिमेटी हिँडेको छैन। यदि पार्टीहरूले सहमति गरे भने प्रस्ताव राखे भने राष्ट्रपतिमा विचार गर्न सकिन्छ भन्ने थियो। तर राजनीतिले फरक मोड लियो।' 

नेता खनालले बामपन्थीहरूका बीचमा एकता हुनु आवश्यक रहेको औंल्याए। सम्पूर्ण बामपन्थीहरू एक ठाउँमा जम्मा भएमा मात्र परिवर्तन हुन सक्ने उनको भनाइ थियो। 

उनले भने, 'नेपालका केही राजनीतिक दलहरू बाहिर बामपन्थी भन्छन्। भित्र दक्षिणपन्थी छन्। यदि हाम्रो पाटीका कार्यदिशा नीति, सिद्धान्त, लक्ष्य र कार्यक्रम मिले भने हामी कुनै पनि पाटीसँग एकीकरण हुन सक्छ। बामहरूको बीचमा मोर्चाबन्दी बनाएर जाऊँ भन्ने कुराहरूमा सधैँभरी हाम्रो पाटी खुला छ।' उनले वर्तमान सत्ता गठबन्धनमा सामान्य फेरबदल हुने संकेत गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.