क्रिकेट खेल पूर्वाधार निर्माणका लागि कर्णाली सरकारको ध्यानाकर्षण

क्रिकेट खेल पूर्वाधार निर्माणका लागि कर्णाली सरकारको ध्यानाकर्षण
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्रिकेट खेल पूर्वाधार निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ। 

सुर्खेतमा आयोजित नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभामा क्रिकेट लक्षित खेल पूर्वाधार निर्माणका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको ध्यानाकर्षण गरिएको हो। 

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा एउटा पनि क्रिकेट मैदान नहुनु दुःखद रहेको बताए। 

उनले सुर्खेतमा क्रिकेट खेल पूर्वाधार निर्माणका लागि मुख्यमन्त्री शर्माको ध्यनाकर्षण गराउँदै सरकारले न्यूनतम खेल मैदानका साथै अन्य पूर्वाधार निर्माण गरेपछि क्रिकेटको राष्ट्रिय प्रतियोगिता कर्णालीमा आयोजना गर्ने प्रतिबद्धता जनाए। 

उनले भने, 'हामी ग्रामीण स्तरसम्म क्रिकेट खेलाडी उत्पादन गर्ने अभियानमा छौँ। तर सरकारले प्रदेशको राजधानीमा समेत एउटा खेल मैदान नबनाइदिँदा यसको विकास र खेलाडी उत्पादन कसरी सम्भव हुन्छ।' 

यसका लागि सरकारको गम्भीर ध्यनाकर्ष गराउछु। क्यान अध्यक्ष चन्दले फरक प्रसंगमा क्रिकेट राष्ट्रिय टिमका पुर्व क्याप्टन क्रिकेर खेलाडी सन्दीप लामिछानेले मुलुकका लागि क्रिकेट खेल्न पाउनुपर्ने बताए। 

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि सरकार जिम्मेवार बन्न नसकेको बताए। 

वन मन्त्रालयमा रंगशाला वातावरणीय प्रभाव मूल्यांकन प्रस्ताव पेश भएको वर्ष दिन भएको उनले बताए। यसले आगामी २०८१ सालमा कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत प्रभाव पार्ने उनको भनाइ थियो। 

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य पदमबहादुर खड्काले कर्णालीमा क्रिकेट मैदानकै अभावमा यहाँका खेलाडीहरू क्रिकेट खेल्नकै लागि बाहिर जानुपर्ने समस्या रहेको बताए। 

कर्णालीमा पहिलो पटक आयोजना गरिएको नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि सुरु भएको छ। 

दुई दिनसम्म सञ्चालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक/एक जना गरी ८७ जना सहभागी हुने छन्। 

यस साधारणसभामा क्रिकेटको विकासका लागि गर्नुपर्ने सवालहरू, यो वर्षको प्रस्तावित बजेट, कार्ययोजना र यो वर्षभरी भएका उपलब्धीबारे छलफल हुनेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.