मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठमाथि आक्रमण

मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठमाथि आक्रमण
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण गरेका छन्। आइतबार विकास निर्माणमा सहजीकरण गर्न पुगेका उपप्रमुख  श्रेष्ठमाथि आक्रमण भएको हो।

नेकपा (एमाले) का मध्यपुर थिमि नगर कमिटी सचिव रहेका मध्यपुर थिमी नगरपालिका-५ का सुमन जोशीको नेतृत्वका समूहले उपप्रमुखमाथि सुनियोजित आक्रमण गरेको उपप्रमुखको सचिवालयले जनाएको छ। 

बालकुमारी हात्तिमहाकाल सडकअन्तर्गत वडा नम्बर ४ को दुईपोखरीमा ढुंगा बिछ्याउने काममा अवरोध गर्दै आक्रमण भएको बताइएको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले विकास विरोधीहरू विकास निर्माण रोक्न तल्लो स्तरमै उत्रिएको बताए। 

जनताको प्रतिनिधिमाथि आक्रमण गर्नु जनतामाथिकै आक्रमण भएको भन्दै नगर प्रमुख श्रेष्ठले उनीहरूलाई उन्मुक्ति दिन नसकिने बताएका छन्। नगरपालिकाले कानुनी कारबाही अघि बढाएको उनले बताए।

जिल्ला प्रहरी वृत्त थिमिका डिएसपी रविन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै वृत्तमा नगरपालिकाले उजुरी दर्ता गराएको जानकारी दिए। आरोपीलाई वृत्तमा ल्याउन र अनुसन्धान अघि बढाउन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ।

उपप्रमुख विजयकृष्ण श्रेष्ठले विकास विरोधीहरू भौतिक आक्रमणमै उत्रनु गुण्डागर्दीको पराकाष्टा भएको बताए। आफूलाई यसले विचलित बनाउन नसक्ने र गुण्डागर्दीदेखि नडराई जनसेवामा जुटिरहने उनको भनाइ छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा निर्माणमा सहजीकरण गर्न नगरपालिकाको टोली आइतबार बिहान दुईपोखरी पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.