जंगलमा आगलागी हुँदा एक जनाको मृत्यु, दुई घाइते

जंगलमा आगलागी हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुन्नुहोस्

वीरेन्द्रनगर : जंगलमा काठ चिर्न गएका कालिकोटका एक जनाको आगलागीमा परेर मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार शनिबार नरहरिनाथ गाउँपालिका-८ कोटखोला जंगलमा काठ चिर्न गएका खाडाचक्र नगरपालिका-२ का ५५ वर्षीय जयलाल विकको मृत्यु भएको हो। 

आगोले जलेर गम्भीर घाइते भएका विकलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारका लागि पठाइएको थियो। उनको आइतबार दिउँसो मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए।

उनीसँग जंगलमा काठ चिर्न गएका नरहरिनाथ गाउँपालिका-८ का ४७ वर्षीय दानसिंह विक र सोही ठाउँका ३२ वर्षीय धिरेन्द्र विष्ट घाइते छन्। 

घाइते दानसिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। विष्टको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार अछाम जिल्लाको सामुदायिक वनमा लागेको आगो फैलिएर कालिकोटको कोटखोलामा पुगेको थियो। 

‘१२-१४ जना जंगलमा काठ चिर्दै गरेको बेला अछामको एक सामुदायिक वनमा लागेको आगो फैलिएर कोठखोलामा पुगेछ,’ डिएसपी रिमालले भने, ‘काठ चिर्दै गरेका अरू भाग्न सफल भएपनि तीन जनालाई आगोले भेट्टायो,’ उनले भने, ‘घाइतेमध्ये एक जनाको मृत्यु भइसकेको छ, एक जनालाई थप उपचारका लागि काठमाडौं नेपाली सेनाको हेलिकोप्टरमार्फत पठाइएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.