घरको जग खन्दा पुरिएका मजदुरको मृत्यु

घरको जग खन्दा पुरिएका मजदुरको मृत्यु
सुन्नुहोस्

भक्तपुर : घरको जग खन्ने क्रममा पुरिएको एक जना मजदुरको मृत्यु भएको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली खरिबोट बासुकी कोलोनी नजिक काठमाडौं महानगरपालिका-३२ नरेफाँटमा नेपाल सरकारका पूर्वसचिव तुलसीप्रसाद गौतमको घरको जग खन्ने क्रममा मञ्जय विश्वकर्मा मृत्यु भएको हो।

घरको उत्तरतर्फको अन्दाजी १५ फिट लम्बाई र १५ फिट उचाइ भएको ढुङगा र इँट्टाको पर्खाल लड्न जाँदा ती मजदुर पुरिएका थिए। घाइतेको उपचारका लागि नजिकैको नागरिक अस्पताल लगेको र चिकित्सकले मृत घोषणा गरेको परिसरका एसपी प्रजित केसीले जनाए। 

घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको नागरिक अस्पताल लगिएको थियो। विश्वकर्मा सुनसरी बराहक्षेत्र नगरपालिका-४ का स्थानीय बासिन्दा हुन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.