पेस्तोलसहित युवक पक्राउ

पेस्तोलसहित युवक पक्राउ
सुन्नुहोस्

जनकपुरधाम: धनुषा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हंसपुर नगरपालिका–४ बस्ने २२ वर्षीय भरोस पासवान रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी कपिलेश्वरबाट खटेको गस्ति टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ तेतरिया बजारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए।

पासवानमाथि शंका लागेर शरीर खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ राउण्ड बरामद भएको डीएसपी गौतमले बताए।

हतियारसहित पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए।

प्रहरी चौकी चिसापानीबाट गस्तिमा खटेको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ सेलारस्थित जंगलबाट १ थान १२ वोरको भरूवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको डीएसपी गौतमले बताए ।

बरामद भएको भरूवा बन्दुक थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको धनुषा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.