अस्थिरता अन्त्यका लागि 'मिसन ग्रासरुट' अभियान : प्रदेश इन्चार्ज गौतम

अस्थिरता अन्त्यका लागि 'मिसन ग्रासरुट' अभियान : प्रदेश इन्चार्ज गौतम
सुन्नुहोस्

उदयपुर : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज राजेन्द्र गौतमले 'मिसन ग्रासरुट' अभियान अस्थिरता अन्त्यका लागि भएको बताएका छन्। 

पार्टीले सञ्चालन गरेको दुई महिने ग्रासरुट अभियानको सुरुवात गर्न उदयपुर आइपुगेका गौतमले आइतबार पत्रकार भेटघाटमा आगामी निर्वाचनमा एमाले बलियो शक्तिका रूपमा स्थापित हुने बताए। 

स्थिर सरकारबिना विकास सम्भव नहुने भन्दै उनले सरकारलाई स्थायित्व दिनका लागि मिसन ग्रासरुट अभियानले सहयोग पुग्ने बताए। 

उनले भने, 'यो अभियानमा हामीले सदस्यता विस्तार, नवीकरण, बैठक, अन्तरक्रिया, प्रशिक्षण, पार्टी सञ्चालनसम्बन्धी अनुशिक्षण, विकासका मोडालिटी, महाधिवेशनको कार्यदिसा लगायतका ११ वटा विषयवस्तु लिएर जनताको घरघरमा पुग्छौं, जसले जनतासँग प्रत्यक्ष सम्वाद हुनेछ।'

अभियानले पार्टी संगठन सुदृढिकरण, वैचारिक स्पष्टता, कमिटी चुस्तदुरुस्त र पार्टी भित्रको अन्तरविरोधको अन्त्य हुने लक्ष्य लिइएको उनले बताए। उनले सम्बन्धित जिल्ला र भुगोलका नेताहरूलाई अभियानमा खटाउँदा आन्तरिक अन्तरविरोध सम्बोधन नहुने भएकाले फरक जिल्ला र भुगोलका नेतालाई जिम्मेवारी दिएको बताए।

अभियानहरू सञ्चालन नहुँदा पार्टी संगठन, नेता, कार्यकर्तामा वैचारिक स्खलन हुँदै गएको, संगठनका आधारस्तम्भहरू भत्किँदै गुटगत र अराजक प्रवृति मौलाउँदै गएकाले सबैखाले समस्याको समाधान गर्न अभियान सञ्चालन गर्नु परेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.