राजनीतिक कोर्ष परिवर्तनको शक्ति हामी हौँ: माधव नेपाल

राजनीतिक कोर्ष परिवर्तनको शक्ति हामी हौँ: माधव नेपाल
सुन्नुहोस्

वीरेन्द्रनगर: नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान राजनीतिक कोर्ष परिवर्तनको बलियो शक्ति एकीकृत समाजवादी पाटी बनेको बताएका छन्। 

पाटी प्रशिक्षणका लागि कर्णाली भ्रमणमा आएका नेपालले एकीकृत समाजवादीका नेता धनश्याम भुषाल, अमर थापा, मोहन बडुवालसहितका नेताको साथमा सुर्खेत विमानस्थलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।

नेपालमा बिगतमा भएका राजनीतिक परिर्वनमा आफ्नो उल्लेखेनीय भूमीका रहेको स्मरण गर्दै नेता नेपालले वर्तमान राष्ट्रिय राजनीतिको कोर्ष परिवर्तनमा पनि एकिकृत समाजवादी बलियो शक्ति भएको बताए। उनले भने, 'पाटीको नीति, विचार र सांगठानिक संरचनाहरु परिपक्क छ। हामी आफ्नो निर्णय कार्यन्वयन गर्न बलियो अडानका साथ उभिएका छौँ। नेकपा एकीकृत समाजवादी पाटीलाई मुलुकको राजनीतिक कोर्ष परिवर्तनको मुख्य शक्ति बनाउछौँ।'

मुलुकमा विगतका राजनीतिक परिवर्तनमा पनि कुलश भुमीका खेलेर कोर्ष परिवर्तन गर्दै आएको नेता नेपालले बताए। 

नेता नेपालले २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने बताए। उनले भने, 'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र म आफैँसहित ८ राजनीतिक दलका शीर्ष नेताबीच सहमति भईसकेकोले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई कसैले रोक्न सक्दैन्।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.