५० लाख जरिवाना तिर्न नसक्दा १० वर्ष कैद
![५० लाख जरिवाना तिर्न नसक्दा १० वर्ष कैद](https://annapurnapost.prixacdn.net/media/albums/arrest-5a13a48142fd16.80389905_sV6XJp88xB.jpg)
गुलरिया : उच्च अदालत नेपालगञ्जको इजलासले बैंकिङ कसुर मुद्दामा जरिवाना सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।
पुष २८ गते उच्च अदालतको फैसला आदेशले बर्दियाको बाँसगढी नगरपालिका-९ माछागढका ३६ वर्षीय लालीराम थारुलाई ५० लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
उच्च अदालतको फैसला आदेशले जरिवाना तोकिएका फरार लालीरामलाई घरमै लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय मोतिपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले बताए।
उनलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालतमा पेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)