कञ्चनवनमा रंगअबिरमा झुमे परिक्रमा यात्री (फोटोफिचर)

कञ्चनवनमा रंगअबिरमा झुमे परिक्रमा यात्री (फोटोफिचर)
सुन्नुहोस्

भंगहा(महोत्तरी) : महोत्तरीको भंगहा नगरपालिका-९ हरिनमरीस्थित कञ्चनवन रंग र अविरले रंगिएको छ। मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा यात्री सोमबार कञ्चनवन पुगेर रंग र अविरमा झुमेका छन्।

त्रेतायुगमा कञ्चनवनमा भगवान रामले होली खेलेको किंवदन्ती छ। कञ्चनवनमा भगवान रामले होली खेलेको हुनाले यहाँको माटो अहिले पनि रातो रहेको बताइन्छ। 

यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोह आयोजना गरी परिक्रमा यात्रीले होली खेल्ने गर्छन्।

सोही परम्परालाई निन्तरता दिँदै परिक्रमावासी कञ्चनवनमा पुगेपछि होली महोत्सवको आयोजना हुने गर्दछ। ​​​​​​​यस वर्ष पनि भंगहा नगरपालिकाले आयोजना गरेको भव्य होली महोत्सवमा श्रद्धालुहरूले एक-अर्कालाई रंग, अविर लगाएर होली खेलिरहेका छन्। 

मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव परिक्रमाका श्रद्धालुलाई रंगअविर लगाई दिएकी थिइन्। मिथिला माध्यमिकी परिक्रमाका यात्रीले मिथिला विहारी र किशोरीजी अर्थात रामसीताको डोलामा रंग, अबिर चढाउँदै एकआपसमा रंग, अबिर खेलेपछि मिथिलामा होलीको विधिवत सुरुवात हुने मान्यता छ। 

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ।

फागुन शुक्ल आमावशियादेखि भारत बिहारको कल्याणेश्वरबाट सुरु हुने १५ दिनको परिक्रमा यात्रामा महोत्तरी जिल्लामा ५, धनुषामा ६ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका चार स्थानमा परिक्रमा टोली विश्राम गर्छन्। 

कूल १ सय ३३ किलोमिटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा गरेर मिथिला माध्यमिकी यात्रा समापन गर्ने गरिन्छ।

nullnullnullnullnullnullnull

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.