हिमपातले टिएमजे क्षेत्रका डाँडा सेताम्मे
धनकुटा : तीनजुरे-मिल्के-जलजले क्षेत्रमा हिमपात भएको छ। आइतबार बेलुका हिमपात हुँदा त्यस क्षेत्रका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लामो समयदेखि हिमपात नहुँदा त्यस क्षेत्रका स्थानीय बासिन्दा निराश भएका थिए। टिमएमजे क्षेत्रमा हिमपात भएपछि सोमबार आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ।
हिउँ हेर्न र खेल्न धनकुटासहित झापा, मोरङ, सुनसरी,संखुवासभा र तेह्रथुमबाट आन्तरिक पर्यटक आएका थिए। टिमएजे क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा पर्दछ। हिमपातले टिएमजे डाँडा सेताम्मे भएका छन्।
हिमपातले किसानसँगै बसन्तपुर, गुफापोखरी, पाँचकन्या, चौकी लगायत क्षेत्रका होटल व्यवसायी उत्साहित भएका छन्।