शल्यक्रिया गर्दा बिरामीको मृत्यु, सिटी अस्पतालमा तनाव

शल्यक्रिया गर्दा बिरामीको मृत्यु, सिटी अस्पतालमा तनाव
सुन्नुहोस्

विराटनगर: किड्नीमा रहेको पथरीको शल्यक्रिया गराउन भर्ना भएकी बिरामीको शल्यक्रियाका क्रममा मृत्यु भएपछि विराटनगरको सिटी अस्पतालमा तनाव भएको छ। 

आईतबार बिहान मोरङ जहादा गाउँपालिका ४ की ३८ वर्षीय सन्जुलाकुमारी सिङको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको छ। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै उपचारमा संग्लन चिकित्सकलाई कारवाही गर्नुपर्ने, पीडितलाई क्षतिपुर्ति दिनु पर्ने, पीडित परिवारका एक जनालाई रोजगारी दिनुपर्ने र मृत्तकका छोरालाई स्नातकोत्तरसम्म अध्ययन गराउनु पर्ने लगायतका माग राखेर मृतकका आफन्तले प्रदर्शन गरेका छन्। 

अस्पताल परिसरको प्रदर्शनले दिनभर अस्पतालको सेवा ठप्प भएको छ। आक्रोशित आफन्तले तोडफोड गर्न सक्ने भन्दै सुरक्षाकर्मी तैनाथ गरिएको थियो। 

आईतबा(हिजो) बिहान ११ बजे मृतकका श्रीमान अनिलकुमार सिङ र बहिनी ज्वाँई मनोजकुमार मेहताले अस्पतालमा पथरीको शल्यक्रिया गर्न बुझ्न अस्पताल पुगेका थिए। अस्पतालका सर्जन डा सुनिल यादवले तत्कालै शल्यक्रिया गर्न सुझाव दिएका थिए। शल्यक्रिया गर्ने पैसा नपुग्ने परिवारले बताएपछि डाक्टर डिस्चार्जसम्मको पैसा दिनुपर्ने भन्दै भर्ना गराएको मृतकका बहिनी ज्वाइँ मनोजकुमार मेहताले जानकारी दिए।

null

डाक्टरले शल्यक्रिया अघि सात वटा चेकजाँच गर्न भन्दै २ हजार ८८० र भर्ना शुल्क बापत एक हजार रुपैयाँ लिएको मेहताले बताए। 

आईतबार बेलुका ५ बजे शल्यक्रिया गर्ने समय तय भएपछि आफू थप पैसाको व्यवस्था गर्न लागेका बेला नर्सले ६ बजे ब्लडप्रेसर कम भएको जानकारी दिएको र पाँच पटक सम्म डा सुनिल यादवलाई फोन गर्दा नउठेपछि साढे ७ बजे अफ्रेशन थ्रिएटरमा लगेको उनले बताए। एकछिन भित्र राखेर बिरामीलाई बाहिर निकाल्दासम्म अवस्था सामान्य नै पाएको मृतकका श्रीमान अनिलकुमार सिंहले बताए। 

दोस्रो पटक बिरामीलाई भित्र लगेर करिब २ घण्टापछि चिकित्सकले बोलाएर एनेस्थेसिया दिएपछि बिरामीको मुटु चल्न छोडेको भन्दै आफूहरूलाई जानकारी दिएको सिंहले बताए। बिरामीको अवस्था सामान्य नै देखेका श्रीमान समक्ष डाक्टरहरूले बिरामीको अवस्था कमजोर भएको सुनाउँदा जसरी पनि जोगाइदिन आग्रह गरेका थिए। 

अस्पतालले लापरबाही गरेर मध्यरातमा श्रीमतीलाई मृतक घोषणा गरेको र जवरजस्ती शव बुझ्न दवाव दिएको पनि उनले बताए। सामान्य अवस्थाको मान्छेको शव लैजान नमानेपछि अस्पतालले एम्बुलेन्समा राखेर लैजान दवाव दिएको उनले बताए। 

अस्पतालका सर्जन डा सुनिल यादवले किड्नीको पथरीको शल्यक्रिया गर्न बिरामी आएको बताए। त्यसको शल्यक्रियाका लागि पीसीएनएल गर्नुभन्दा पहिले बिरामीलाई दिने ऐनेस्थेसियापछि मुटु चल्न छाडेको उनले बताए। मुटु चल्न छोडेपछि हरेक प्रयास गरेपनि बचाउन नसकेको उनले बताए। बिरामीलाई डा लोकेन्द्र मण्डलले एनेस्थेसिया लगाएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.