राहदानी विभागसहित भीडभाड हुने सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय
काठमाडौं : सरकारले भीडभाड हुने सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राहदानी विभागसहित सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको हो।
भीडभाडका कारण समयमै सेवा लिन नपाउँदा सेवाग्राहीहरू मर्कामा पर्दै आएका छन्। यससम्बन्धी व्यापक गुनासाहरू आउन थालेपछि सरकारले बिदाको समयमा पनि कार्यालय खोल्ने निर्णय गरेको एक मन्त्रीले अन्नपूर्णलाई बताए।
उनका अनुसार भीडभाड हुने मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालयजस्ता सेवाप्रवाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय भएको छ।
यो पनि पढ्नुस् :
जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय