दोहोरो सुविधा लिने आजीवन सदस्यलाई पारिश्रमिक नदिने प्रज्ञा प्रतिष्ठानको निर्णय
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरूलाई पारिश्रमिक/सुविधा उपलव्ध नगराउने निर्णय गरेको छ। प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरूले दोहोरो सुविधा लिएकाले फागुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक/सुविधा उपलव्ध नगराउने निर्णय भएको जानकारी दिएको हो।
नेपाल प्रज्ञा प्रष्ठिानको ऐन बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने भएकाले विश्वविद्यालयहरू तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजिवन सदस्यहरूलाई प्रतिष्ठानबाट पारिश्रमिक/सुविधा उपलव्ध नगराउने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिए।
उनले प्रतिष्ठानको निर्णयप्रति असहमति भए जानकारी गराउन पनि आग्रह गरे। दोहोरो भत्ता लिने प्रवृतिलाई अन्य गर्नका लागि प्रतिष्ठानले पहल सुरु गरेको उनले बताए।