मध्य यमनमा अमेरिकी ड्रोन आक्रमण, २ जनाको मृत्यु
साना : यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएका छन् ।
अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल जलाल क्षेत्रमा एउटा घरमा क्षेप्यास्त्र प्रहार गरेको थिय। जुन घर हाल साउदी समर्थित यमनी सरकारद्वारा नियन्त्रित रहेको बताइएको छ ।
आक्रमणपछि, अल-कायदा आतङ्कवादी समूहका सदस्यहरू शवहरू संकलन गर्न विस्फोट भएको ठाउँमा पुगेका र त्यसपछि नजिकैको मरुभूमिमा भागेका पनि सुरक्षा स्रोतले जनाएको छ ।
अरबी प्रायद्वीपमा अल-कायदा र अन्य चरमपन्थी समूहहरूको बलियो उपस्थिति रहेको र लामो समयदेखि सैन्य झडपको केन्द्रबिन्दु रहेको अब्यान प्रान्तमा यस्ता थुप्रै झडप हुने गरेको छ । रासस