अमेरिकामा वर्षा र आँधीका कारण जनजीवन प्रभावित : घरहरु भत्किए, बिजुली अवरुद्ध

अमेरिकामा वर्षा र आँधीका कारण जनजीवन प्रभावित : घरहरु भत्किए, बिजुली अवरुद्ध
सुन्नुहोस्

अमेरिकाको माथिल्लो मध्यपश्चिममा मौसम यस हप्ताको अन्त्यसम्म खराब रहने पूर्वानुमान गरिएको छ।

 

वासिङटन डिसी : अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा भारी हिमपात गराएको चिसो आँधी अहिले पूर्वतिर सरेको छ । जसका कारण त्यहाँ आँधी आएको छ। तीव्र गतिमा हावा चलिरहेको छ।

ओक्लाहोमा, कान्सास, मिसौरी र टेक्सासको मौसम सोमबार धेरै खराब भएको छ। यी क्षेत्रमा धेरै घर भत्किएका र विद्युतका तार चुटिएका छन्। जसका कारण विद्युत पनि अवरुद्ध भएको छ।

हालसम्म उक्त आँधीमा १२ जना घाइते भएका बीबीसी समाचारमा उल्लेख छ। अमेरिकाको माथिल्लो मध्यपश्चिममा मौसम यस हप्ताको अन्त्यसम्म खराब रहने पूर्वानुमान गरिएको छ।

अहिलेसम्म सबैभन्दा बढी विनाश क्यालिफोर्नियामा भएको छ । विद्युत् अवरुद्ध भएका छन्। विभिन्न स्थानमा बाढी आएको  छ । यस प्रकोपलाई ध्यानमा राख्दै, सडक र समुद्री किनारहरू बन्द गरिएका छन्।

सोमबार सम्म, क्यालिफोर्नियामा मात्र ४६ हजार घरमा बिजुली अवरुद्ध भएको थियो। टेक्सास र ओक्लाहोमामा, लगभग २८ हजार मानिसहरू अन्धकारमा बस्न बाध्य भएका छन्।

रिपोर्टका अनुसार ओक्लाहोमा राज्यमा आइतबार राति सातवटा आँधी आएको थियो। त्यहाँको भिडियो फुटेजमा कारहरू पल्टिएको र घरका छानाहरू आँधीले उडाएको देखाइएको छ।

उत्तरी टेक्सासको ओक्लाहोमाको सिमानामा हावाको गति १८३ किलोमिटर प्रतिघण्टा रेकर्ड गरिएको थियो।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.