बैतडीमा शिक्षकले कुटे वडा सदस्य,न्यायिक समितिमा उजुरी

बैतडीमा शिक्षकले कुटे वडा सदस्य,न्यायिक समितिमा उजुरी
सुन्नुहोस्

बैतडी : बैतडीमा शिक्षकले जनप्रतिनिधिमाथि कुटपिट गरेका  छन् । जिल्लाको सिगास गाउँपालिका -६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई कुटपिट गरेका हुन् । 

शेरा लेकम सिचाईं योजनाको बारेमा विवाद हुँदा शिक्षक महेन्द्रले वडा सदस्य कृष्णमाथि कुटपिट गरेका हुन् । वडा सदस्य साउँदको टाउको र औंलामा चोट लागेको छ  । वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको अन्नपूर्णलाई जानकार दिए।

वडा अध्यक्ष तेज बहादुर साउँद भने काम विशेषले धनगढी छन् । उनले कार्यबहाक अध्यक्षको रुपमा कृष्ण साउँदलाई जिम्मेवारी दिएको र विवादको बारेमा खासै जानकारी नभएको बताए।

घटनाको बारेमा जानकारी भएको र वडा अध्यक्षसहित बसेर आवश्यक प्रक्रियामा जाने उपाध्यक्ष धाना धामीले बताइन् ।   यस विषयमा बुझ्न खोज्दा  शिक्षक साउँदको फोन उठेन । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.