नेपालको साइबर सेक्युरिटी अति कमजोर : आरजु राणा
काठमाडौं : नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपालको साइबर सेक्युरिटी अति कमजोर रहेको बताएकी छन्।
पुल्चोक इञ्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा उनले नेपाली सेनालगायतको सरकारी डिजिटल अभिलेखको सेक्युरिटी कमजोर देखिएको बताइन्।
'नेपालमा डिजिटल प्रणाली सुरुवात गरे पनि त्यसको सुरक्षाको चुनौति देखिएको छ। म एकपटक टर्की जाँदा हाम्रो नेपाल आर्मीको डेटा टर्कीमा देखाइदियो। पर्सनल इमेल देखाइदियो। त्यहीँबाट थाहा हुन्छ हाम्रो साइबर सेक्युरिटी कति कमजोर छ,' उनले भनिन्।