डुंगा दुर्घटना हुँदा इटालीमा ६३ जना आप्रवासीको मृत्यु

डुंगा दुर्घटना हुँदा इटालीमा ६३ जना आप्रवासीको मृत्यु
सुन्नुहोस्

काठमाडौं : इटालीको दक्षिणी तटमा आइतबार भएको डुंगा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन्। उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो।

मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुंगा फुटेर उक्त दुर्घटना भएको थियो। ८० जनाको जीवितै उद्धार गरिएको थियो। एक सय ७० जना बोकेर टर्कीएको समुद्रबाट डुंगामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए। दुर्घटनाग्रस्त डुंगामा धेरै जना पौडिन नजान्ने थिए। 

तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन्। दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ। दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ। 

सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.