भारतमा खाना पकाउने ग्यासको मूल्य बढ्यो
घरेलु सिलिन्डरमा ८० र व्यावसायिकमा ५६२ रुपैयाँ बढ्यो
नयाँ दिल्ली : भारतमा मार्च १ अर्थात आजदेखि ग्यास सिलिन्डरको मूल्य बढेको छ। १४.२ केजीको घरेलु सिलिन्डरको मूल्य भारु ५०(नेरु ८०)ले बढेको हो । त्यस्तै १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्य भने ५६२ रुपैयाँले बढेको दैनिक भास्करमा उल्लेख छ।
१९ किलोको व्यावसायिक सिलिन्डरलाई अब दिल्लीमा ३ हजार ४ सय २ रुपैयाँ पर्छ भने घरेलु एलपीजी सिलिन्डरको १७ सय ७० रुपैयाँ पर्छ ।
बढेको दर मार्च १ बाटै लागू हुने बताइएको छ । भारतमा घरेलु सिलिण्डरको मूल्य ८ महिनापछि बढेको हो । यसअघि जुलाई ६ मा मूल्य बढाइएको थियो। दैनिक भास्कर