बेलारुसका राष्ट्रपति चीन भ्रमणमा, पश्चिमा सशंकित

बेलारुसका राष्ट्रपति चीन भ्रमणमा, पश्चिमा सशंकित
सुन्नुहोस्

बेइजिङ (एपी) : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटका सहयोगी बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा यहाँ आएका छन्। 

युक्रेन युद्धलाई लिएर भूराजनीतिक तनाव बढिरहेका बेला राष्ट्रपति लुकासेन्को भ्रमणलाई पश्चिमा देशले आशंकाका साथ हेरिरहेका छन्। चीनले रूसलाई सैन्य सहायता उपलब्ध गराउने विवरण सार्वजनिक भइरहँदा उनीहरू त्यसबाट चिन्तित देखिएका छन्। अमेरिकाले चीनबाट रूसलाई हतियार सहायता भएमा त्यसले गम्भीर परिणाम ल्याउने चेतावनी दिएको छ।     

राष्ट्रपति लुकासेन्को भ्रमणलाई चीन र बेलारुसबीचको चौतर्फी सहयोग अभिवृद्धि गर्न तथा पारस्परिक सहयोग एवं विकास प्रवद्र्धन गर्ने अवसरका रूपमा लिइएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।     

चीनले युक्रेनलाई रक्षात्मक हतियार उपलव्ध गराएर वासिङटन र उसका सहयोगीले द्वन्द्वलाई उकासेको आरोप लगाउँदै आएको छ। बेइजिङले शान्ति वार्तालाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै अमेरिकी आरोपलाई धब्बापूर्ण अभियानको संज्ञा दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.