ग्रीसमा रेल दुर्घटना : २६ जनाको मृत्यु, ८५ घाइते

ग्रीसमा रेल दुर्घटना : २६ जनाको मृत्यु, ८५ घाइते
तस्बिर : सीएनएन।
सुन्नुहोस्

उत्तरी ग्रीस : उत्तरी ग्रीसमा भएको रेल दुर्घटनामा २६ जनाको मृत्यु भएको सीएनएन मा उल्लेख छ। साथै उक्त दुर्घटनामा ८५ जनाभन्दा बढी घाइते भएका छन्।

दुईवटा रेल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । मंगलबार साँझ उक्त दुर्घटना भएको हो ।

उद्धारकर्ताहरू घटनास्थलमा तैनाथ छन् । यात्रुहरूको उद्धारको प्रयास भइरहेको छ। दुर्घटनास्थलमा आगलागी पनि भएको खबर छ ।

यात्रुबाहक रेल र मालबाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । आगो निभाउन १७ वटा गाडी घटनास्थलमा पठाइएको दमकलले जनाएको छ ।

दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । उद्धार गरिएका एक व्यक्तिका अनुसार मानिसहरु आतंकित थिए र धेरै कराउन थालेका थिए । अर्का यात्रुले भूकम्प गएजस्तो भएको अनुभव सुनाएका बीबीसी समाचारमा उल्लेख छ।

एजेन्सी। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.