क्यान्सर पीडित आलेलाई आर्थिक सहयोग
स्याङ्जा: क्यान्सर पीडित आश्मा आलेलाई पुतलीबजारका सौन्दर्यकर्मीले आर्थिक सहयोग गरेका छन्। केही ब्यूटिशियनले उपचारमा सहयोग स्वरुप १७ हजार ५ सय नगद सहयोग गरेका हुन्।
पुतलीबजार नगरपालिका ७ मोहरियाकी २२ वर्षीया आलेको आन्द्रामा क्यान्सर देखिएको छ। उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ।