कुकुर मारेको विरोधमा वीरगन्जमा पशुअधिकारकर्मीको प्रदर्शन

कुकुर मारेको विरोधमा वीरगन्जमा पशुअधिकारकर्मीको प्रदर्शन

वीरगन्ज : वीरगन्जमा सडकका कुकुर मारेको विरोधमा बुधबार पशुअधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । सुमार्ग बिन्दु आमा फाउन्डेशनको अगुवाईमा पशुअधिकारकर्मीले विरोध र्‍याली निकालेर प्रदर्शन गरेका हुन् । घण्टाघर चोकबाट सुरू विरोध र्‍याली माइस्थान , आदर्शनगर ,अलखीया मठ ,घडीअर्वाहुँदै पुन: घण्टघार चोकमै पुगेर समापन भएको थियो । 

विरोध  र्‍यालीपछि घण्टाघर चोकमै कार्यक्रम गरेर उनीहरूले मारिएका कुकुरहरूको तस्बिरमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।  

र्‍यालीमा सहभागी पशुअधिकारकर्मीले कुकुर मार्ने अभियान बन्द गर ,कुकुर हाम्रो संरक्षक हो ,निरिह कुकुरलाई मार्न पाइदैन ,कुकुरलाई मार्नु कुनै पुरुषार्थ होइन , कुकरलाई मार्नु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । 

डेढ दुई महिनायता वीरगन्ज महानगरमा सडकका कुकुर मार्ने अभियान नै चलाइएपछि त्यसको विरोधमा वीरगन्ज महानगरपालिकालगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन बुधबार शान्तिपूर्ण विरोध र्‍याली निकालिएको सुमार्ग बिन्दु आमा फाउन्डेशनकी अध्यक्ष प्रतिभा कोइरालाले बताइन् । 

null

सडकका कुकुर मार्ने अभियान वीरगन्ज महानगरले चलाएको आशंका भएपनि यसको पुष्टि भने भइनसकेको उनले बताइन् । कोइरालाले भनिन्,‘सडकका कुकुर मार्ने कार्यमा वीरगन्ज महानगरकै हात छ ,तर पुष्टि भने भइसकेको छैन किन कि यसबारेमा मेयर राजेशमान सिंहलाई जानकारी गराउँदा उहाँले कुकुर मार्ने अभियान महानगरले चलाएको छैन भनेर जवाफ दिनुभयो । '

तर सडकका कुकुरलाई विष खुवाएर मार्ने अनि मृत कुकुर ट्याक्टरमा संकलन गरेर लैजाने दृश्य देख्दा यसमा महानगरकै हात रहेको आशंका भएको उनले बताइन् । 

महानगर क्षेत्रमा डेढ महिना यता १५० भन्दा बढि कुकुरलाई विष खुवाएर मारिएको कोइरालाले बताइन् । फागुन ८ गते राति ११ बजे तिर आफू मकालु होटल पुग्दा मुखमा मास्क लगाएर आएका ३/४ जना अपरिचित व्याक्तिले विष खुवाएर मारिएका कुकुर ट्याक्टरमा लिएर भागेको उनले बताइन् । 

त्यसपछि त्यही बेला विर्ताको गणेशमान चोक,६ नम्बर गेट ,घण्टाघर चोकमा पुग्दा पनि ८ वटा कुकुर मरेको अवस्थामा भेटिएको कोइरालाले बताइन् । 

यसअघि माघको पहिलो साता पनि १ सयको हाराहारीमा कुकुरलाई विष खुवाएर मारिएको उनले दाबी गरिन् ।

सडकका निरिह कुकुर मार्नु समस्याको सामधान नभएको भन्दै उनले सडकका कुकुरको व्यवस्थापनका लागि आफूले मेयर सिंहलाई पटक पटक भेटेर ध्यानाकर्षण गराएको बताइन् । 

null

तर,व्यवस्थापनको सट्टा विष खुवाएर कुरलाई मार्ने अभियान नै चलाइएपछि बाध्य भएर आफूहरू बुधबारदेखि सडकमा उत्रिएको कोइरालाले बताइन् । 
उनले भनिन् ,अब यो विरोध अभियान निरन्तर चल्छ ,हामी महानगरका हरेक वडामा पुगेर सडकका कुकुर मार्न पाइदैन भनेर विरोध प्रदर्शन गर्छौं ।' 

सडकका कुकुरलाई विष खुवाएर मार्नु गैरकानुनी काम भएकाले कुकुर मार्ने  व्यक्ति वा संस्थाको  खोजी गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि उनको छ ।

कोइरालाका अनुसार ,वीरगन्ज महानगरमा हाल १० हजार भन्दा बढि सडकमा कुकुर छन् । आफ्नो संस्थाले वीरगन्जमै वर्ष पशु विज्ञ केन्द्रको सहयोगमा १ हजार ५ सय वटा सामुदायिक कुकुरलाई एन्टी रेविज भ्याक्सिन लगाएको पनि उनले बताइन् । 

यता वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले भने सडकका कुकुर मार्ने अभियान महानगरपालिकाले नचलाएको दावी गरे। उनले सडकका कुकुरको बन्ध्याकरणका लागि महानगरपालिकाले पशुअधिकारको क्षेत्रमा काम गर्ने एक संस्थासँग संझौता गरिसकेको जानकारी पनि दिए । सिंहले भने ,‘ मार्ने नै भए हामीले बन्ध्याकरणका लागि सम्झौता किन गथ्र्यौ र ? सिधैं मारिहाल्थ्यौ नि । '

केहि दिन पहिले मकालु होटल चोकमा ३/४ वटा कुकुर मरेको भेटिएपछि महानगरले कर्मचारी पठाएर संकलन गर्दा केहि व्याक्तिले त्यसैको फोटो र भिडियो खिचेर भ्रम फैलाएको मेयर सिंहले बताए । 

उनले महानागरले विष खुवाएर कुकुर मारेको भए त्यसको खोजी नीति र छानबिन गरेर प्रमाणित गर्न समेत चुनौती पनि दिए । 


वीरगन्जमा सडकका कुकुर मारेको विरोधमा पशुअधिकारकर्मी आन्दोलित । तस्बिर : क्रान्ति शाह 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.