नेकपाका जिल्ला इन्चार्जसहित पाँच नेता पक्राउ

नेकपाका जिल्ला इन्चार्जसहित पाँच नेता पक्राउ
सुन्नुहोस्

जाजरकोट : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा जाजरकोटका जिल्ला इन्चार्ज सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार भेरी नगरपालिका-११ मा एनआईसी एसिया लद्युवित्तका कर्मचारीमाथि दुर्व्यवहार भएको, केही आर्थिक लुटपात गरेको आरोपमा नेकपाका जिल्ला इन्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही, सचिवालय सदस्य कर्णबहादुर सार्की, दिपेन्द्र सिह र वीरबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले बताए।

उनका अनुसार कर्मचारी माथि दुर्व्यवहार, केही पैसा लुटपात भएको कार्यालयमा जानकारी आएपछि अनुसन्धानका लागि प्रक्राउ गरिएको डीएसपी रोकाले बताए। 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। मंगलबार भेरी ११ कटीगाउँका स्थानीयले लघुवित्तका कर्मचारीलाई जनकारवाही गरेको भन्दै नेकपाले एक्यवद्धता व्यक्त गरेको थियो। 

एक विज्ञप्ति जारी गर्दै जनकारवाहीको सर्मथन जनाएको थियो। प्रहरीले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको आवाज बोलेकै भरमा गिरफ्तार गर्नु प्रहरीको दमन भएको नेकपा निकट युवा संगठनका केन्द्रीय सदस्य गोविन्द चन्दले बताए।  नेकपाका नेता तथा कार्यकर्ताले तत्काल रिहाइको माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.