एजेण्डा मिल्ने शक्तिहरूबीच पुनः गठबन्धन बन्यो : उपसभापति खड्का

एजेण्डा मिल्ने शक्तिहरूबीच पुनः गठबन्धन बन्यो : उपसभापति खड्का
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनमा एजेण्डा मिल्ने शक्तिहरूबीच पुनः गठबन्धन बनेको बताएका छन्। 

राष्ट्रपति निर्वाचनका लागि गठित ८ दलीय गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका नेता खड्काले मुलुकको स्थायित्व र समृद्धिका लागि राष्ट्रपति निर्वाचनमा एजेण्डा मिल्ने शक्तिहरूबीच पुनः गठबन्धन बनेको बताएका हुन्। 

नेपाल प्रेस युनियनले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा खड्काले अब पुस १० नदोहोरिने दाबी गरे। 

उनले भने, 'गत पुस १० गते हाम्रो कमिकमजोरीका कारण मुलुकको राजनीतिमा चुनावी गठबन्धन भंग भएर नयाँ अपराकृतिक गठबन्धन निर्माण भयो। त्यसलाई सही ठाँउमा ल्याउनका लागि प्रचण्ड प्रधानमन्त्री भएकै दिन मैले फोनबाट बधाई दिँदा १० मिनेट गरेको कुराकानीबाट सुरु भएको नयाँ गठबन्धन फागुन १२ गते सफल भयो। यो राष्ट्रपति निर्वाचनमा बनेको ८ दलीय गठबन्धन आगामी पाँच वर्षसम्म जान्छ। गत पुस १० जस्ता अर्को पुस १० दोहोरिँदैन।'
 
उनले अहिलेको नयाँ गठबन्धन बन्नुमा दुईवटा प्रमुख कारण रहेको खुलाए। उनले भने, 'वर्तमान गठबन्धन बन्नुका दुईवटा प्रमुख कारणहरू छन्। पहिलो कारण एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको धोका हो। अर्को कारण नयाँ गठबन्धन बनेपछि संसदमा एमाले अध्यक्ष ओलीले संसदमा आफूले विगतमा गरेको असंवैधानिक संसद विघटनलाई पटक पटक संवैधानिक हो भनेर दाबी गर्नु हो। २०४७ साल २०५१ सालका संसद विघटनका बेलाका उदाहरण दिएर आफूले गरेको प्रतिगमनलाई ढाकछोप गरे। २०४७ पछिको संविधानले प्रधानमन्त्रीले नै संसद विघटन गर्ने अधिकार दिएको थियो। तर २०७२ सालको संविधानले संसदमा सरकार निर्माण हुने वैकल्पिक आधार हुँदा हुँदै संसद विघटन गर्ने अधिकार दिएको छैन। सर्वोच्च अदालत समेतले असंवैधानिक भनेर फैसला गरेको विषयलाई ओली आफैंले संवैधानिक भएको दाबी गर्दै हिँडे। त्यसबाट नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड कांग्रेस लगायतका परिवर्तनकारी संसदीय व्यवस्था र संविधानका रक्षक शक्तिहरूसँग सहकार्य गर्ने कुरामा सकारात्मक बन्नुभयो।'

उपसभापति खड्काले अहिले बनेको गठबन्धन कसैले पनि टुटाउन नसक्ने बताए। उनले भने, 'अब यो गठबन्धन निरन्तर अगाडि बढ्छ। संघीय सरकारमा एमालेले समर्थन फिर्ता लिसकेको छ। प्रदेशमा एमालेले के निर्णय गर्छ भन्नेमा कांग्रेस पर्ख र हेरको अवस्थामा छ। पहिले राष्ट्रपति निर्वाचनमा कांग्रेस बरिष्ठ नेता एवं ८ दलको तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मतले विजयी बन्नुहुनेछ। त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले विस्वासको मत पाउँछ। अनी सरकार विस्तारका विषयमा छलफल हुन्छ। अनि प्रदेश सरकारका विषयमा पनि छलफल हुन्छ।'
 
उपसभापति खड्काले फागुन १८ गते संघीय राजधानीमा आठ दलीय गठबन्धनका सबै सांसदहरू र शीर्ष नेताहरूको राजधानीमा राष्ट्रपति निर्वाचनका विषयमा बृहत् छलफल गर्ने र १९ गते सातवटै प्रदेशमा ८ वटै दलका सांसदहरूलाई सयुक्त रुपमा राष्ट्रपतिमा साझा उम्मेदवारलाई विजयी गराउन अभिमुखीकरण गर्ने जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.