प्रदेश १ : कोशी नाम राख्न मतदान सुरु
विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवलयमा मत विभाजन सुरु भएको छ। कोशी प्रदेश नामकरणका लागि भर्खरै मतदान सुरु भएको हो। सभामुखले दिएको समयावधिभित्र कोशी नामसम्बन्धी प्रस्तावमा कुनै संशोधन नपरेपछि मतदान सुरु भएको जनाइएको छ।
अबको केही बेरमै मतदान सकिने बताइएको छ।