प्रदेशभर बिदा

कोशी प्रदेश नामकरण भएपछि आज सार्वजनिक बिदा

कोशी प्रदेश नामकरण भएपछि आज सार्वजनिक बिदा
सुन्नुहोस्

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिएको हो।

काठमाडौं : प्रदेश नम्बर १ को नाम कोशी नामकरण भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज  सार्वजनिक बिदा दिएको हो। 

प्रदेश सचिव उमेश बस्नेतका अनुसार  मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, 'प्रस्तुत विषयमा प्रदेश सभाको मिति २०७९।११।१७ मा बसेको बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन १८ गते बिहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९।११।१७ मा निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'null

लामो रस्साकस्सीपछि प्रदेशसभामा बुधबार राति भएको मतदानमा ‘कोशी प्रदेश’ को पक्षमा दुईतिहाइ बढी बहुमत जुटेको हो। प्रदेशसभाको मतदानमा कोशी नामको पक्षमा ८२ र विपक्षमा चार मत खसेको थियो। मतदानमा ६ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित रहे। 

नेकपा एमालेले प्रस्ताव गरेको नामको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहित प्रमुख दलहरू उभिएका थिए। प्राप्त मतपरिणामका आधारमा सभामुख बाबुराम गौतमले कोशी नामको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्। 

नामकरणका लागि प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘कोशी’ नामको प्रस्ताव बहुमतले स्वीकृत भएपछि बुधबार ढिला गरी छलफल सुरु भएको थियो। छलफलमा सहभागी सांसदहरूले कोशीले विभिन्न जातजाति, धर्म–संस्कृति, भौगोलिक विविधता र ऐतिहासिकता लगायतका विषयलाई समेटेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.