गाउँमा निःशुल्क स्वास्थ्य शिविर

गाउँमा निःशुल्क स्वास्थ्य शिविर
स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गर्न पुगेका महिलाहरू। हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

दैलेख : डुंगेश्वर गाउँपालिकाले गाउँगाउँमा बृहत् स्वास्थ्य शिविर सुरु गरेको छ। गाउँपालिकाको विकट क्षेत्रका बासिन्दालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर चलाइएको हो। दुई स्थानमा सञ्चालन हुने शिविर मंगलबारदेखि सुरु भएको छ। गाउँपालिकाका अनुसार बुधबार डुंगेश्वर गाउँपालिका–२ को लाँकुरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको छ। 

गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा दैलेख जिल्ला अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. प्रयासविक्रम सिजापतीसहितको स्वास्थ्यकर्मी खटिएका छन्। पहिलो दिन डुङ्गेश्वर गाउँपालिकाका–३ र ४ लाई लक्षित गरेर अवलपराजुल स्वास्थ्य चौकीमा बृहत् शिविर सञ्चालन भएको छ। शिविरमा ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूका लागि निरन्तर चेकजाँच र अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको छ। 

गर्भवती महिलाहरूले गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्थाबारे गाउँमै पुगेको शिविरबाट भिडियो एक्सरेमार्फत जाँच गराएका छन्। यस्तै प्रजनन् स्वास्थ्य रुग्ण्ता सेवा, अब्स्ट्रटिक फिस्टुला, पाठेघर खस्ने समस्या भोगिरहेका महिलालाई स्क्रिनिङ्ग, रिंग पेसरी, भीआईए जाँच सेवा उपलब्ध गराईएको छ। शिविरमा क्षयरोगका जोखिम समुह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायका सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रमसमेत समेटिएको छ। यही फागुन २७ देखि ३० गतेसम्म दैलेख जिल्ला अस्पतालमा हुने हाडजोर्नीसम्बन्धी निशुल्क शल्यक्रिया शिविरलाई लक्षित गरेर गाउँपालिकाले हार्डजोर्नी तथा अर्थोपेडिकसम्बन्धी अप्रेशनको लागि छनोट गर्नेछ।

गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन्। शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकाबासीलाई सरल, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले गाउँपालिकामा १० शय्याको अस्पताल निर्माणका लागि डीपीआर निर्माण भइरहेको बताउँदै निकट भविष्यमा गाउँपालिकाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने बताए। उनले हाल गाउँपालिकाभित्र रहेका चारवटा स्वास्थ्य चौकीमा थप स्वास्थ्य उपकरणहरू व्यवस्थापन गर्ने बताए। 

गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानले गाउँघरमै सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरमा निर्धक्कसँग सेवा लिन आग्रह गरिन्। दैलेख जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. प्रयासविक्रम सिजापतीले ग्रामीण भेगका महिलाहरूले समाजको डर र लाजका कारण रोग लुकाएर बस्ने गरेको बताए। उनले रोग लुकाएर नबस्न र समयमै उपचार गर्न आग्रह समेत गरे। ‘तपाईंहरू लाज मानेर रोग लुकाएर बस्नु हुँदैन्, समयमै स्वास्थ्य सल्लाह र उपचार गराउनुहोस्’ डा. सिजापतीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.