राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन आठ दलको भेला
काठमाडौंको तीनकुनेस्थित एक होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतको उपस्थिति छ ।
काठमाडौंः राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर आठ दलीय गठबन्धनको अभिमुखीकरण सुरू भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको उपस्थितिमा अभिमुखीकरण भएको हो । काठमाडौंको तीनकुनेस्थित एक होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतको उपस्थिति छ ।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने सन्दर्भमा नेताहरूले धारणा राखिराखेका छन् । राष्ट्रपति चुनाव आगामी फागुन २५ गते हुँदैछ ।
राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता पौडेल र नेकपा एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्।
आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी पार्टी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्त पार्टी,नेपाल जनमत पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।