तामाकोसी तेस्रो आयोजना शीघ्र कार्यान्वयनमा राष्ट्रपतिको जोड
दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारीले तामाकोसी तेस्रो आयोजना शीघ्र कार्यान्वयनमा जोड दिएकी छिन्।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न पनि निर्देशन उनले निर्देशन दिएकी छिन्।
ग्रामीण विकासको टुकी अवधारणा अभ्यासका क्रममा प्राप्त अनुभव र सिकाइहरू नेपालको अन्य क्षेत्रको विकासका लागि समेत उपयोगी हुने उनको भनाइ थियो।
ग्रामीण विकास टुकी संघको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्नका अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपतिले भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने बताइन्।
भण्डारीले भीमेश्वर, कालिञ्चोक मन्दिर र बौद्धमार्गीहरूको विभिन्न गुम्वाहरू रहेको पवित्र भूमिमा आउन पाउँदा खुसी लागेको पनि बताइन्।
प्राचीनकालदेखि दोलखा जिल्लाको चीनसँगको व्यापार विनिमयको सम्बन्ध छ। उनले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन्।
कार्यक्रममा टुकीका अभियन्ता डा कृष्ण कुमार पाँडेले टुकी संघ कुनै गैर सरकारी संस्था नभएकोा विकासका लागि यसको अवधारणालाई नीतिगत रूपमा सम्बोधन हुनुपर्ने बताए।
कार्यक्रममा दोलखा मेलुङ गाउँपालिका- १ पवटीका टुकी रघुनाथ उप्रेती, सिन्धुपाल्चोकको टुकी सविना लामा, टुकी संघ दोलखाका अध्यक्ष मकरध्वज पाख्रिन, टुकी संघ सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्र कुमार भण्डारी लगायतले टुकी अभियानका क्रममा आर्जन गरेको अनुभव सुनाएका थिए।