चैतमा म्याग्दी कप हुने

चैतमा म्याग्दी कप हुने
सुन्नुहोस्

बेनी : बेनीमा आगामी चैत १ देखि १० गतेसम्म म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। 

जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी गराएका हुन्। 

म्याग्दीमा पहिलो पटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गरिएको हो। संयोजक बिक्रम सुवेदीले आमन्त्रित खेलमा तोकिएका क्लवहरूको मात्र प्रतिनिधित्व हुने बताए।  

म्याग्दीका ८ र जलजला गाउँपालिका वारी बेनीको उत्साही समूह र विकु फ्यामिलीले प्रतियोगितामा सहभागिता जनाउनेछन्। 

कालीपुल, एभरग्रिन, दोभान, वौद्ध, मनसुन, अर्थुङ्गे युनाइटेड, रिभरसाइड, जनप्रिय भूपु र पश्चिम दरवाङ युवा क्लवको सहभागिता हुनेछ। 

प्रतियोगितामा विजेता र उपविजेतालाई क्रमशः कप, ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद  एक लाख १५ हजार रुपैयाँ र सत्तरी हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। 

उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर, स्ट्राइकर, अनुशाषित टिमलाई पुरस्कार तथा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरिने जिल्ला फुटबल संघ म्याग्दीका सचिव कुमार बानियाँले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.