खडेरीले केन्यामा २६ लाख १० हजार पशुचौपायाको मृत्यु

खडेरीले केन्यामा २६ लाख १० हजार पशुचौपायाको मृत्यु
सुन्नुहोस्

केन्या : केन्याको सुख्खा र अर्धसुख्खा क्षेत्रमा सङ्कट बढ्दै जाँदा पछिल्ला महिनाहरूमा खडेरीका कारण करिब २६ लाख १० हजार पशुचौपायाको मृत्यु भएको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। 

एनडीएमएका अनुसार यो सङ्ख्या सुख्खा र अर्ध–शुष्क क्षेत्रका कूल ५२ लाख ८० हजार जनावरको लगभग पाँच प्रतिशत हो। 

सबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भोकमरीका कारण मर्नेमा सबैभन्दा बढी भेडा र गाईगोरु रहेको एनडीएमएले फेब्रुअरीमा प्रकाशित गरेको अद्यावधिकमा उल्लेख छ।

सुख्खा २३ मध्ये २२ वटा क्षेत्रमा खडेरीको अवस्था झनै बिग्रँदै गएको छ। सन् २०२२ मा कम  वर्षा भएको कारण खराब अवस्था र लगातार चार वर्षसम्मको अल्पवृष्टिका कारण जनावरहरू मरिरहेको एनडीएमएले जनाएको छ। 

एजेन्सीका अनुसार सुख्खा क्षेत्रमा चरन क्षेत्र पूर्णरूपमा समाप्त भएको छ। तापक्रम उच्च छ। क्षेत्रीय विकास मन्त्रालयका क्याबिनेट सचिव रेबेका मियानोले पूर्वी अफ्रिकी समुदाय, शुष्क र अर्ध–शुष्क भूमि र केन्याले राहत खाद्य वितरण सुरक्षित गर्न दुई अर्ब केन्याली शिलिङ्ग (लगभग १५.६८ मिलियन अमेरिकी डलर) जारी गरेको उल्लेख गर्दै खडेरी न्यूनीकरण प्रतिक्रियाहरू बढाएको बताए। 

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार केन्या ‘हर्न अफ अफ्रिका’ मा पर्ने क्षेत्रका देशहरूमध्ये एक हो। यहाँ करिब ३० वर्ष यताकै सबैभन्दा खराब खडेरीको समस्या देखिएको छ र ५० लाखभन्दा बढी नागरिक भोकमरीको चपेटामा परेका छन्। खडेरीले अफ्रिकाका अन्य दुई मुलुक सोमालिया र इथियोपिया पनि अत्यधिक प्रभावित भएका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.